Logo

मोरङ जिल्लाभित्र निषेधाज्ञा हेरफेर : बजार पसल अब खुल्ने

                     
Logo 2020-09-07 05:09     अभिमन्यु अभिजित

13

विराटनगर। भदो २२

जिल्ला प्रशासन मोरङले सोमबार सार्वजनिक सूचना जारी गर्दै बजार तथा पसल साँझ ७ बजेसम्म खोल्न सूचना जारी गरेको छ।

सोमबार मोरङका प्रजिअ कोषराज निरौलाले जारी गरेको वक्तव्यमा बजार तथा पसल स्वास्थ्य मापदण्ड अपनाई खुलाउन निर्देशन गरिएको छ।साथै सार्वजनिक यातायात तथा अन्य निषेधाज्ञाका काम कारबाही भने निषेध नै गरेको छ।

उद्योग सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ। साथै राती ९ देखि बिहान ५ बजेसम्म नहिँड्न पनि आग्रह गरेको हो।

काेराेना संक्रमण बढिरहेकाे अवस्थामा पनि अर्थतन्त्रमा पर्न थालेकाे व्यापक असरलाइ ध्यानमा राख्दै प्रशासनले निषेधाज्ञामा खुकुलाेपन ल्याउँदै लगेकाे हाे ।


लोकप्रिय छुटाउनुभयो कि ?