Logo

अमेरिका पठाइदिन्छु भनेर १५ लाख ठगी गरेको आरोपमा शाक्य पक्राउ

                     
Logo 2023-05-12 07:05     Desk

13

अमेरिका पठाइदिन्छु भनेर १५ लाख ठगी गरेको आरोपमा काठमाडौंका ओम शाक्य पक्राउ परेका छन् । उनलाई आज कालिमाटीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

५६ वर्षीय शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उनले अमेरिका जानका लागि २० लाख लाग्ने भन्दै पीडितबाट पटकपटक गरी १५ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।

उनले अमेरिकाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक २ लाख कमाइ हुने भन्दै पीडितलाई प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ ।

शाक्यलाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पाठाइएको रेग्मीले जानकारी दिएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?