Logo

शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक छ : आरजु राणा

                     
Logo 2023-04-19 02:04     Desk

13

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा (देउवा)ले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छन् ।

 

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिह्न उठेको बताइन् । उनले विश्वविद्यालयमा समेत विद्यार्थी भर्नाको संख्या कम हुँदै गइरहेको भन्दै यो राम्रो लक्षण नभएको उल्लेख गरिन् । उनले शिक्षामा लगानी अनुसारको प्रतिफल नमिलेको पनि बताइन् । उनले शिक्षामा सुधारका लागि आधारभूत तथा माध्यमिक तहको निरन्तर मूल्यांकन गर्नुपर्ने र पृष्ठपोषण गर्नुपर्ने उल्लेख गरिन् । त्यस्तै नतिजामा आधारित गरेर शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

 

सांसद राणाले विद्यालय व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्ने बताइन् । उनले देशभरका सरकारी विद्यालयका आधारभूत तहमा अंग्रेजी भाषाबाट पनि गर्न नीति, नियम र स्रोत, साधनको सुनिश्चितता गर्नुपर्ने बताइन् ।

 

उनले संघ, प्रदेश र स्थानीय तहलाई संविधानले प्रदान गरेको शिक्षा अधिकारको सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?