Logo

उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्वाचित

                     
Logo 2023-05-13 12:05     Desk

13

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा उद्योगी राकेश सुराना निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तीय क्षेत्रको उपाध्यक्षमा राजकुमार गोल्छा, कृषि/ऊर्जा/जलस्रोत उपाध्यक्षमा भोलेश्वर दुलाल, रोजगारदाता उपाध्यक्षमा विपिन काबरा र कोषाध्यक्षमा सुबोध कोइराला निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा सन्तोष भगत, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दीपक कुमार अग्रवाल र वीरेन्द्र राठी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ


लोकप्रिय छुटाउनुभयो कि ?