Logo

भोजपुरमा १२ बर्षकी बालिकाद्वारा आत्महत्या

                     
Logo 2020-09-07 06:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै २२

भोजपुर जिल्लाको षडानन्द नगरपालिका २ काउलेकी १२ बर्षकी एक बालिकाले आत्माहत्या गरेकी छिन् ।

स्थानीय टीकाराम राईकी १२ बर्षिया अमीले आईतबार आत्महत्या गरेकी हुन् । बालिकाको शव घरदेखि करिब पाँचसय मिटर टाढा रहेको गोठको कटेरोमा झुण्डिएको अवस्थामा भेटिएको बालिकाकी दिदी टिना राईले बताइन् ।

दिदी र बहिनी बिहान सँगै घाँस काट्न गएक थिए । बहिनी गोठतिर गइन् तर घर नफर्केपछि खोजी गर्ने क्रममा शव कटेरोमा झुन्डिएको अवस्थामा भेटिएको दिदीलाइ उद्धृत गर्दै प्रहरीले जनाएकाे छ ।

उनकाे शव पोष्टमार्टमका लागि सोमबार सङ्खुवासभाको खाँदबारी पठाइएको ईलाका प्रहरी कार्यालय दिंङलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए । पछिल्लाे समय बालबालिकाकाे अात्महत्याका क्रम दशभर बढिरहेकाे छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बाएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?