Logo

टर्कीमा भूकम्पले क्षतिग्रस्त भग्नावशेषबाट २२२ घण्टापछि एक महिलाकाे जीवितै उद्धार

                     
Logo 2023-02-16 10:02     Desk

13

टर्कीमा भूकम्पमा परेकी एक महिलाको २ सय २२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शक्तिशाली भूकम्पको २ सय २२ घण्टापछि उद्धारकर्ताहरूले ४२ वर्षीया महिलाको जीवितै उद्धार गरेका हुन् ।

भूकम्पले क्षतिग्रस्त भग्नावशेषबाट उनको उद्धार गरिएको भिडियो सार्वजनिक भएको छ । टर्की र सिरियामा एकैदिन तीन पटक आएको शक्तिशाली भूकम्पमा परी हजारौँ मानिसको ज्यान गुमेकाे छ ।

राहत र उद्धारको कार्य चलिरहेको छ । भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार हुने सम्भावना सकिएको भनिएका बेला ४२ वर्षीया महिलाको जीवितै उद्धार भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?