Logo

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

                     
Logo 2023-02-27 10:02     Desk

13

विराटनगर, १४ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको छ । डिप्रेसन, चिन्ता र तनावबाट मुक्त रहनका लागि विराटनगरस्थित आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको हो ।

परिवारबाट टाढा छात्रावासमा बस्दै आएका किशोरहरुमा नकारात्मक कुराहरु हटाउन र मेमोरी, फोकस र एकाग्रता बढाउनका लागि मेडिटेसन आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

न्यूरोसाइन्सको अनुसन्धानले ध्यानले यी यो प्रमाणित गरेको छ कि नकारात्मकतालाई कम गर्ने प्रमाण्ति गरेको छ । त्यसैले रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आमाको माया छात्रावासका किशोरहरुका लागि मार्गदर्शन दिन कार्यक्रम आयोजना गरिएको थियो ।

जसमा ४० जना लाभान्वित भएका छन् । मेडिटेसनमा संगिता सिंघानिया स्रोत व्यक्ति थिइन् । सो अवसरमा विभिन्न व्यायाम पनि सिकाइएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?