Logo

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : महामन्त्री शर्मा

                     
Logo 2023-03-30 11:03     Desk

13

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताए ।

उनले मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए ।

उनले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । उनले मिटरब्याजी पीडितहरू कुनै पनि राजनीतिक दलको छत्रछायामा रहेको भए पनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए ।

महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन गर्‍यो भन्नेकुरा मुख्य रहेको उल्लेख गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?