Logo

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

                     
Logo 2023-04-05 11:04     Desk

13

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।

क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ममता वर्माले सहजिकरण गरेकी थिइन् ।

गर्भवती महिलालाई सुत्केरी हुनुअघि र सुत्केरी भएपछि स्वास्थ्य र सरसफाइमा कसरी ध्यान दिने भन्ने विषयमा भिजुअल प्रस्तुति मार्फत बताइएको थियो ।

सो अबसरमा सबै महिलाहरूलाई प्रसुती गाउन, हर्लिक्स, बिस्कुट फलफूल, प्रोटिन पाउडर, आइरन चक्कि, साबुनसमेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

कर्यक्रमबाट ५० जना गर्भवती महिला लाभान्वित भएका छन् । सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?