Logo

आजकाे माैसम: पहाडमा वर्षासँगै हिमपातकाे सम्भावना

                     
Logo 2023-02-28 10:02     Desk

13

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएकाे छ ।

आज राति पनि प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?