Logo

पाँच सयभन्दा बढी संक्रमित भए निषेधाज्ञा

                     
Logo 2020-09-02 08:09     Hamro Biratnagar

13

विराटनगर । भदाै १७

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामध्ये १२ वटा निम्न रहेका छन् ।

  • मोरङ,
  • सुनसरी,
  • बारा,
  • महोत्तरी,
  • धनुषा,
  • रौतहट,
  • सर्लाही,
  • पर्सा,
  • चितवन,
  • काठमाडौँ,
  • ललितपुर र रुपन्दही रहेका छन् ।

https://youtu.be/BFpnJ-Qxiak

 


लोकप्रिय छुटाउनुभयो कि ?