
वडाअध्यक्ष सहित ३ जना फरार
विराटनगर । भदौ १७
रौतहट जिल्लाको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको हत्याको कारण आर्थिक विवाद भएको खुलेको छ ।
प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण बाहिर आएको हो।
प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये एक रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको बताइएको छ। सो रकम तिर्ने क्रममा विवाद भएको थियो । सोही कारण ३ भदौमा राति कटुवा पेस्तोल प्रयोग गरेर पुजारीको हत्या भएको खुलेको सिंहले बताएका छन्।
[caption id="attachment_2652" align="alignnone" width="1000"] पुजारी शाह[/caption]
सिंहका अनुसार पुजारी शाहले गाउँमा हुने विभिन्न छलफलमा फरक मत राख्ने गरेकाले पटेलसहित अन्यसँग विवाद हुने गर्थ्यो । फरक मत राख्ने पुजारी शाहबाट क्रुद्ध बनेका अभियुक्तहरूले उनको हत्याकै निर्णयमा पुगेपछि गोली हानी हत्या गरिएको बताएका छन्। प्रहरीले हालै रामनरेशसहित बालकुमार पटेललाई भारतको बिहारबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।
सोही प्रकरणमा देवाही गोदाही नगरपालिका-१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल लगायत फरार छन् ।
पक्राउ परेका ती दुई जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत, गौरबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
https://youtu.be/BFpnJ-Qxiak