Logo

आज स्ववियु निर्वाचन हुँदै

                     
Logo 2023-03-19 10:03     Desk

13

त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ  ।

६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ ।

मतदान बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध नयाँ समिति निर्वाचित भइसकेकाे छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।


लोकप्रिय छुटाउनुभयो कि ?