Logo

जिल्ला प्रशासन सुनसरीको लकडाउन कार्यतालिका हेरफेर (विज्ञप्ति सहित)

                     
Logo 2020-09-02 07:09     Hamro Biratnagar

13

बिहान १० बजेसम्म बजार पसल खोल्न निर्देशन

विराटनगर। भदौ १७

जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार निषेधाज्ञाबारे तालिका हेरफेर गरेको छ। विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बिहान १० बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बजार पसल खोल्न निर्देशन दिएको हो। सर्वसाधारणका लागि भीडभाड, सभा तथा जुलुस गर्न निषेध गर्दै सामाजिक दूरी कायम गर्दै सामान्य हिँडडुल गर्न खुकुलो बनाएको छ। १० देखि मुनि ६० बर्षभन्दा माथिकालाई बाहेक सर्वसाधारणलाई सुरक्षित भएर हिँड्न आग्रह गरेको छ।

आंशिक रूपमा चलेका नीजि तथा सार्वजनिक यातायातबारे प्रशासन मौन छ। पसलमा मूल्य सूचि राखी साबन पनी तथा सेनिटाईजर अनिवार्य प्रयोग गर्न निर्देशन गर्दै निषेधाज्ञालाई निरन्तरता दिइने प्रशासन कार्यालयले जनाएको छ।

बिहान सीमित समय मात्र खुला भएको भन्दै सर्वसाधारण तथा व्यवसायीहरूले बिरोध पनि जनाएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?