Logo

भारतमा पब्जी सहित ११७ अन्य एप्समा प्रतिबन्ध

                     
Logo 2020-09-02 07:09     Hamro Biratnagar

13

अनलाइन गेमिङको क्रेज पुरै बिस्वमा बढिरहेका बेला यता हाम्रो छिमेकि मुलुक भारतले भने ट्रेन्डिङमा रहेको मोबाइल गेम पब्जिलाइ प्रतिबन्ध  लगाएको छ । पहिला पनि टिकटक लगायतका विभिन्न चाइनिज एप्पमा प्रतिबन्ध लगाएको भारतले आज पनि पब्जी सहित ११७ अन्य एप्सलाई प्रतिबन्ध लगाएको छ ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार दक्षिण कोरियाको कम्पनीद्वारा विकसित अनलाइन खेल पब्जीसहित  अन्य ११८ चाइनिज मोबाइल एप्लिकेसन बन्द गर्ने निर्णय गरेको छ। भारतले प्रतिबन्ध लगाएका एपहरू प्रायः चीनसँग जोडिएका छन्

हालसालै पुनः चर्किएको सिमाविवाद यसको कारण हुन सक्ने अनुमान गरिएको छ । पहिले पनि सिमा विवादकै मामलामा एप्सहरु सहित सम्पुर्ण चाइनिज समाग्री प्रतिबन्ध गरिनुपर्ने आवाज उठेको थियो । यस प्रतिबन्धलाई भारतको मेड इन ईन्डिया कार्यक्रमको प्रोत्साहनका लागि गरिएको हुन सक्ने अनुमान लगाइएको छ जसले बाहिरी समाग्रीको न्युनतम उपयोग गरि आफ्नै देशमा बनेको समाग्रीलाई थप प्रोत्साहन दिन बढावा गर्नेछ 


लोकप्रिय छुटाउनुभयो कि ?