Logo

दूध नबिकेपछि सडकमा फ्याँकियो : भक्तपुर

                     
Logo 2020-08-30 08:08     Hamro Biratnagar

13

ONLINE KHABAR

भदौ १४, काठमाडौं ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीले दूध सडकमा फ्याँकिएको छ । बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरी अनुसार किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको  डेरीले सडकमा दूध खन्याइदिएको छन ।

नेपाल डेरी एशोसिएसन अनुसार निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको र चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको छ ।

एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा अनुसार ‘बिहान ९ बजेसम्म खुल्न दिने भने पनि प्रहरीले बिहानैदेखि धरपकड थाल्छ, मानिसहरु बाहिर निस्कनै डराएका छन्, बिक्री ५० प्रतिशतमा घटेको छ,’ ।

नेपाल डेरी एशोसिएसन अनुसार काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?