Logo

लागुऔषधसहित भण्टाबारीबाट युवा पक्राउ

                     
Logo 2020-08-30 08:08     Hamro Biratnagar

13

लागुऔषधसहित पक्राउ परेका सुशील शर्मा ।

विराटनगर, भदौ १४ ।

प्रहरीले सुनसरीको भण्टाबारीबाट कोरोना भाइरसको महामारीका समयमा भारतबाट ठूलो परिणामको लागुऔषध लिएर आउँदै गर्दा एक युवालाई पक्राउ गरेको छ ।

शनिबार साँझ, कोशी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । भारतबाट साइकलमा लागुऔषध लिएर आउँदै गर्दा उनी भण्टाबारी चौक नजिक पूर्व–पश्चिम राजमार्गबाट पक्राउ परेको हो ।

प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो । खानतलासी गर्ने क्रममा सुशीलले साइकलमा झुन्ड्याएको नाइलनको झोलाबाट ठूलो परिणामको लागुऔषध बरामद भएको हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?