
विराटनगर । भदाै १४
गत बर्ष इजिप्टमा सम्पन्न 'टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९' मा मिनी मोडल वल्डको क्राउनसँगै बेष्ट डान्सर अवार्ड जित्न सफल नेपालकि बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकि छिन् ।
७ बर्षीया प्रिन्शा खड्काले 'प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२०' मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकि हुन् । उनको इन्ट्रो भिडियो सार्वजनिक भइसकेको छ । 'क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९' बनेर विश्व मिनि माेडेल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन् भने हाल उनी काठमाडौंमा नै बस्छिन् ।
हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीकाे कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारकाे रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारकाे रुपमा अभिनय गरेकी प्रिन्शालाई म्युजिक भिडियोमा बालकलाकारकाे रुपमा अभिनयकाे लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको पारिवारिक स्राेत बताउछ।
अनलाइनबाट हुने यो प्रतियोगितामा प्रिन्शाले सफलता पाउने अपेक्षा रहेको उनका बुवा ऋषिराम खड्काले बताए।प्रिन्शाको सम्पुर्ण कला, सृजनाकाे व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् भने मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले यस कार्यक्रमको कोर्डिनेट गरेको छ ।