Logo

सेक्युरिटी प्रिन्टिङ प्रेसबाट अन्तःशुल्क स्टिकर छाप्न सञ्चारमन्त्रीको निर्देशन

                     
Logo 2023-03-03 02:03     Desk

13

काभ्रेको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ ।

आज उक्त केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुगमन निरीक्षण गर्दै आगामी चैतदेखि अन्तःशुल्क स्टिकर छाप्नसमेत निर्देशन दिएकी छन् । केन्द्रका लागि आवश्यक भौतिक निर्माणको काम भइरहँदा मन्त्री शर्माद्वारा अनुगमनका क्रममा दुई वटा उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन) जडान भइसकेकाले केन्द्रका अधिकारीलाई चैतदेखि अन्तःशुल्क स्टिकर छाप्न निर्देशन दिएकी हुन् ।

'अब जनशक्तिलगायत व्यवस्थापन गरी चैतदेखि छपाइको काम सुरु गर्नुस्,' मन्त्री शर्माले निर्देशन दिइन् । उनले केन्द्रको मुख्य भवन तथा जडित मेसिन, हालै निर्माण भएको गोदाम घर, आन्तरिक पहुँचमार्गसँगै थप भवन निर्माणका लागि भइरहेको काम तथा इन्धन भण्डारण र विद्युतीय व्यवस्थापनको अनुगमन निरीक्षण गर्दै गुणस्तरीय निर्माणमा ध्यान दिनसमेत निर्देशन दिएकी हुन् । साथै उनले केन्द्रका लागि थप बजेट व्यवस्थापन गर्ने बताएकी छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?