
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ ।पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७८ हजार ४ सय ७२ जना नयाँ संक्रमित फेला फरेका छन्।
अहिलेसम्म भारतमा काेराेना संक्रमितकाे संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेकाे छ । संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ४४२ जनाको उपचार भइरहेको छ ।
यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।