Logo

सामान्य अंकले बढ्यो नेप्से

                     
Logo 2023-04-24 03:04     Desk

13

काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिनमात्रै १८.८९ अंकले घटेको बजारमा आज २२ लाख ६० हजार ८२३ कित्ता शेयरको खरिद बिक्री हुँदा ७५ करोड १३ लाख ३० हजार ३१३ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने खुम्चिएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा पिपुल्स पावर लिमिटेड, एआईबीएल प्रगति फण्ड, नबिल इक्युटी फण्ड र अंखु खोला जलविद्युत कम्पनी रहेका छन् ।

सर्वाधिक घाटामा भने कालिञ्चोक दर्शन लिमिटेड, सनराइज फोकस्ड इक्युटी फण्ड, मोलुङ हाइड्रोपावर कम्पनी र एनएमबीएस सुलभ इन्भेस्टमेन्ट फण्ड २ रहेका छन् ।

उपसमूहतर्फ ४ वटा समूहबाहेक बाँकी ९ वटा समूहको शेयर मूल्य बढेको छ । सोमबार बजार पूँजीकरण भने २७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?