Logo

प्रचण्डविरुद्ध मुद्दाको पहिलो सुनवाइ आज

                     
Logo 2023-03-09 10:03     Desk

13

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुँदैछ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालमाथि पाँच हजार जनाको हत्या गरेको साबित बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुन लागेको हो ।

केही वर्षपहिले काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा भएको युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्रै जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर द्वन्द्व पीडितहरूले उनीविरुद्ध मुद्दा हालेका हुन् । माओवादीहरूले भने यो विषय सत्य निरुपण तथा मेलमिलाप आयोगले हेरिरहेको भन्दै नियमित अदालतले हेर्न नमिल्ने बताउँदै आएका छन् ।

शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दा सार्वोच्चमा दर्ता भएपछि नेपालको राजनीतिमा तरंग पैदा भएकाे छ । माओवादी धारका नेताहरूले शान्ति सम्झौता भाँड्न खोजिएको भन्दै एकमत भएर प्रतिवाद गर्ने चेतावनी दिइरहेका छन् ।

यसैबीच सरकारले आजै सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?