एजेन्सी, १२ असार । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन् ।
नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा बृहस्पति ग्रहले बच्चा ग्रह ‘खाएको’ वैज्ञानिकहरुले निस्कर्ष निकालेका हुन् ।
‘हाम्रो सौर्यमण्डलमा बन्ने पहिलो ग्रहहरूमध्ये बृहस्पति एक थियो । यद्यपि, यो कसरी बन्यो भन्ने बारे हामीलाई निश्चित रूपमा केही थाहा छैन’, नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयकी खगोल भौतिकशास्त्री यामिला मिगुएलले लाइभ साइन्सलाई बताइन् ।
बृहस्पति आज मुख्यतया घुमिरहेको ग्यासको बल हुन सक्छ, तर यसले सौर्यमण्डलका सबै अन्य ग्रहहरू जस्तै चट्टानी सामग्रीहरू संग्रह गरेर आफ्नो जीवन सुरु गरेको वैज्ञानिकहरुको दाबी छ ।