Logo

ओडीआईमा अमिनीको पहिलो शतक

                     
Logo 2023-03-29 09:03     Desk

13

पपुवा न्युगिनीका चार्ल्स अमिनीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन् । उनले नामिबियाविरुद्ध आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा शतक बनाएका हुन् ।

३८२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पपुवा न्युगिनीका अमिनीले ६६ बलमा शतक पूरा गरे । उनले नामिबियाका बर्नाल्र्ड स्कोल्टजको बलमा छक्का प्रहार गर्दै शतक बनाए । उनले शतक बनाउने क्रममा आठ छक्का र सात चौका प्रहार गरे । उनले कप्तान असद भालासँग मिलेर पाँचौँ विकेटका लागि १५३ रनको साझेदारी गरे ।

अमिनी ७४ बलमा १०९ रन बनाएर आउट भए । सानदार शतक बनाएका अमिनीले ६ पटक अर्धशतक बनाएका छन् । उनले यसअघि ७७ रनको उच्च स्कोर बनाएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?