Logo

पल शाह प्रकरणः जाहेरी दिएका नाबालिगका बाबुले पनि फेरे बयान

                     
Logo 2022-04-19 07:04     Desk

13

काठमाडौं, ६ वैशाख । अभिनेता पूर्णविक्रम शाह (पल) विरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिगका बाबुले पनि बयान फेरेका छन् । आफ्नी नाबालिग छोरीमाथि शाहले जबर्जस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त प्रकरणमा जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । सुरुमा नबुझी जाहेरी दिएको र बुझ्दै जाँदा यथार्थ नभएको उनको बकपत्र छ ।

शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो । पीडितका बाबुको जाहेरीका आधारमा प्रहरीले शाहविरुद्ध अनुसन्धान सुरु गरेको थियो । शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी अहिले तनहुँ कारागारमा छन् ।

यसअघि पीडित भनिएकी नाबालिग गायिकाले पनि बकपत्र दिने क्रममा बयान फेरेकी थिइन् । बकपत्रका क्रममा अदालतमा ती नाबालिग गायिकाले पलले बलात्कार गरेको नभइ आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिएकी थिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?