Logo

कतारको जेलमा रहेका २१ नेपालीले पाए आममाफी

                     
Logo 2022-04-19 06:04     Desk

13

काठमाडौं, ६ वैशाख ।कतारले जेलमा रहेका २१ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका विभिन्न कारागारमा सजाय भोगिरहेका उनीहरूलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।

दोहास्थित नेपाली दूतावासका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा विभिन्न कसूरमा कतारको बन्दी गृहमा जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएका हुन् ।

दूतावासका अनुसार माफी पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र ५ जना आर्थिक हिनामिनामा कसूरदार ठहरी सजाय भोगिरहेका नेपाली छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?