Logo

ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

                     
Logo 2021-10-16 01:10     Desk

13

वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

कार चालक राजनलाई उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताए । ट्याङ्करका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?