Logo

बैंक लुटेको कालो धन सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचार:गोकुल बास्कोटा

                     
Logo 2021-09-13 06:09     Desk

13

काठमाडौं, २८ भदौ ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा सत्तारुढ गठबन्धनमाथि खनिएका छन् । काभ्रेको पार्टी कार्यालयमा वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मानपछि आयोजित भेलालाई सम्बोधन गर्दै बास्कोटाले गठबन्धनको घोषित नीति नै विकासको भण्डाफोर गर्ने रहेको बताए ।

काभ्रेमा नेकपा एसका प्रदेशसभा सदस्य लक्ष्मण लम्साललगायतले विकासको भण्डाफोर गर्ने घोषणा नै गरेको भन्दै हालै प्रतिस्थापन विधेयकमार्फत भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौति र १४ सय सडक आयोजना खारेजीले त्यसको पुष्टि हुने बताए ।

केन्द्रमा केपी ओली र काभ्रेमा गोकुल बास्कोटाको विरोध गर्न विकास निर्माणका आयोजनाहरू खारेजी गरिएको उनको आरोप थियो । गठबन्धन सरकार विदेशीका लागि कम्फरटेबल भएकाले केही समय स्वदेशीले दुःख पाउनुपर्ने बास्कोटाले बताए ।

उनले एमसीसी हिजो प्रचण्ड, शेरबहादुर देउवा र कृष्णबहादुर महराहरुले हस्ताक्षर गरेको भन्दै आज ११ बुँदे प्रश्न एमसीसीलाई पठाएर दुनियाँ हसाइएको आरोप लगाए । बास्कोटाले प्रश्न गरे, ‘हिजो एमसीसीमा हस्ताक्षर गर्दा देउवा, प्रचण्ड र महराहरूले भाङ खाएका थिए ?’


लोकप्रिय छुटाउनुभयो कि ?