Logo

महानगरलाईआर्थिक भार चुलिँदै – २०७७/७८ का लागि ८५ करोड दायित्व

                     
Logo 2020-09-02 05:09     Hamro Biratnagar

13

विराटनगर। भदौ १७

विराटनगर महानगरपालिकाबाट अघिल्लो वर्ष सिर्जना भएको ८५ करोड रुपैंयाको दायित्व चालु आर्थिक वर्ष २०७७/७८ का लागि सर्ने भएको छ । कतिपय निर्माण सम्पन्न भइसकेका योजनाका भुक्तानी बाँकी रलेकाले दायित्व सरेका कारण चालु वर्षको योजना कटौती गर्नुपर्ने अवस्था आएको छ।

कोरोना महामारीले उत्पन्न गरेको संकटपूर्ण अवस्था उत्पन्न भई राजश्व आम्दानीमा असर परेको छ भने संघ र प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान, समानीकरण अनुदान आदि प्राप्त हुन सकेको छैन जसले गर्दा महानगरपालिकामा भुक्तानीका लागि आर्थिक सारोत अभाव खट्किएको थियो। ।

२०७६ आ.व.मा स्रोत सुनिश्चित गरी दायित्व सिर्जना भएका तर कार्य प्रारम्भ नभएका योजनाबाहेक महानगरपालिकाले गत असार मसान्तसम्म करिव ६० करोड रुपैंयाँ भुक्तानी गर्न नसकेको देखिएको छ।

महानगरपालिकाको वडा नं १० मधुमारामा पानी निकासका लागि बिनियोजन भएको २ करोड, वीरेन्द्र सभागृहको मर्मतका लागि विनियोजन भएको २३ करोड तथा तारणीप्रसाद सञ्चार ग्राम निर्माणको करिव ५ करोड, गुरुकुल नाटक घर, करीब ३ करोडको आकाशे पुलको काम बन्दाबन्दीका कारण ठेक्का सम्झौता भएपनि अघिल्लो आ.व.मा निर्माण कार्य थालनी गर्न नपाएकाले आगामी बर्षका लागि आर्थिक भार थपिएको हो।

कतिपय उपभोक्ता समितिद्वारा निर्माण गरिने योजनाहरूको भुक्तानी हुन बाँकी छ भने निर्माण सम्पन्न आयोजनाका समेत भुक्तानी बाँकी नै छ। स्रोत अभाव बढेपछि उपभोक्ता समितिहरू भुक्तानी नपाएका हुन्। महाशाखाले भुक्तानी गर्न करीब ५० करोड बाँकी रहेको योजना साखा प्रमुख गोपाल पोख्रेलले जानकारी दिएका छन्।

अघिल्लो बर्षमा लक्ष्य अनुसारको राजश्व नभएपछि खर्चमा कटौती गर्दै व्यवस्थापनमा हम्मे परिरहेको छ। योजना कार्यान्वयन गराउन खोजेपनि लक्ष्य अनुसारको राजश्व असुली नभएपछि महानगरलाई अहिले खर्च धान्न मुस्किल पर्दै गएको छ।

आगामी बर्ष ठूला आयोजना पनि बन्न सक्ने र पुराना खर्च पनि धान्नुपर्दा महानगरले व्यवस्थापनमा ठूलै कसरत गर्नुपर्ने देखिन्छ। दायित्व बढेपछि कतिपय वडाका बजेट समेत कटौती गर्नुपर्ने स्थिति आएको छ। वडास्तरमा सञ्चालित आयोजनाहरू अलपत्र पर्ने हुन् कि भन्ने पीर रहेको वडाध्यक्षहरूको बुझाइ छ।

https://youtu.be/BFpnJ-Qxiak

 


लोकप्रिय छुटाउनुभयो कि ?