
विराटनगर । भदाै १७



उदयपुरकाे ताप्ली गाउँपालिका ५ सल्लेबाट १५ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । कटारी नगरपालिकासित जाेडिएकाे ताप्ली गाउँपालिका–५ सल्लेका हुपबहादुर मगर लागूऔषध गाँजासहित पक्राउ परेका हुन् । मङ्गलबार राति उनकै घरबाट १५ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मगरले आफ्नै घरमा गाँजा सञ्चय गर्ने र मौका छोपी बिक्री-वितरण गर्ने गरेको विशेष सुराकीका आधारमा खटिएको प्रहरीकाे टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारेकाे थियाे ।
पक्राउ परेका मगरमाथि लागूऔषध ऐनअन्तर्गत कानूनी कारबाही अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि पनि साेही गाउँपालिकाबाट प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे थियाे ।
गाँजाका लागि हटस्पटका रूपमा चिनिँदै गएकाे उदयपुरकाे पहाडी भेगमा प्रहरीले विशेष अपरेशन चलाइरहेकाे जनाउकाे छ।