Logo

प्रधानमन्त्री ओलीको चक्रव्यूहमा गौतम

                     
Logo 2020-09-02 05:09     Hamro Biratnagar

13

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य बनेपनि युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने अडान लिएका छन् । वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा जाने वातावरण बनाइदिन ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेपनि ओली भने गौतमलाई कुनै हालतमा मन्त्री नबनाउने विचारमा छन् ।

भदौ १८ गतेको सचिवालय बैठकबाट यसको निर्णय हुन लागेको र सचिवालयमा गौतमकै पक्षमा बहुमत रहेको अवस्थामा प्रधानमन्त्री ओली भने बरु गौतमपत्नि तुलसा थापालाई मन्त्रिमण्डलमा सहभागी गराउने तर गौतमलाई मन्त्री बन्न नदिने भन्दै तगारो बनेका छन् ।

गत फागुनमा सचिवालयले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेकोमा ओलीले सो निर्णय नमान्ने बताएपछि विवाद उत्पन्न भएको छ ।

https://youtu.be/BFpnJ-Qxiak

 


लोकप्रिय छुटाउनुभयो कि ?