Logo

काठमाडौं उपत्यकामा भाद्र २४ सम्म निषेधाज्ञा

                     
Logo 2020-09-02 05:09     Hamro Biratnagar

13

विराटनगर । भदाै १७

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा पुनः थप भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

हिजो बसेको तीन जिल्लाका प्रजिअहरूको भर्चुअल बैठकले गृह मन्त्रालयलाई निषेधाज्ञा सम्बन्धि रायका लागि प्रस्ताव राखेको थियो र आज गृह मन्त्रालयको राय अनुसार बसेको संयुक्त बैठकको निर्णय अुनसार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब भदौ २४ गतेसम्म कायम रहने छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यकामा गत भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा ७ दिनका लागि जारी गरिएको निषेधाज्ञा १० गते सकिएको थियो । त्यसपछि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

निषेधाज्ञा खुकुलो बनाउने सम्बन्धि निर्णय भएपनि औपचारिक जानकारी भने आएको छैन ।

https://youtu.be/BFpnJ-Qxiak

 


लोकप्रिय छुटाउनुभयो कि ?