Logo

आफ्नै नाबालिका छाेरी बलात्कारकाे अभियाेगमा बाबु पक्राउ

                     
Logo 2020-09-02 03:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै १७

सात वर्षकी छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् ।

महानगरीय प्रहरी वृत्तले मंगलबार साँझ उनलाई पक्राउ गरेको छ । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम पनि खुलाइएको छैन ।

प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ । ‘बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’ बस्नेतले बताएका छन् ।

केही दिनअघि बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । उपचारका क्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीले बताएकाे छ ।

https://youtu.be/BFpnJ-Qxiak

 


लोकप्रिय छुटाउनुभयो कि ?