Logo

तीर्थस्थलमा निर्वस्त्र भिडियाे बनाएकाे आरोपमा महिला पक्राउ

                     
Logo 2020-09-02 03:09     Hamro Biratnagar

13

नयाँ दिल्ली । भदाै १७

भारतकाे प्रसिद्ध तीर्थस्थल हृषीकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडियाे खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन्।

ती महिलाले लक्ष्मण झुला पुलमा खिचेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको थियो ।

हृषीकेशमा रहेको 'लक्ष्मण झुला' भनिने यस पुलबाट राम, सीता र लक्ष्मणले गङ्गा नदी तरेका थिए भन्ने मान्यता छ । यस्तो धार्मिक महत्वको क्षेत्रमा   ती यस्तो कार्य गरेपछी ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो।

दोषी प्रमाणित भएमा उनलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने समाचारसंस्था एएफपीले उल्लेख गरेको छ।

पक्राउ परेपछि ती महिलाले गरगहनाको आफ्नो व्यापार प्रवर्धन गर्ने उद्देश्यले आफूले भिडिओ बनाएको प्रहरीलाई बताएकी थिइन्। उनी धरौटीमा छुटेकी छन्।

तर समाचारसंस्था एएफपीलाई पठाएको एउटा विज्ञप्तिमा उनले यौन दुर्व्यवहार विरुद्ध चेतना जगाउन आफूले भिडिओ खिचेको दाबी गरेकी छन्।

https://youtu.be/BFpnJ-Qxiak

 


लोकप्रिय छुटाउनुभयो कि ?