Logo

रुसी राष्ट्रपति भवनमा ड्रोन आक्रमण

                     
Logo 2023-05-03 07:05     Hamro Biratnagar

13

रुसको राष्ट्रपति भवन क्रेमलिनमा मंगलबार राति ड्रोन आक्रमण भएको केमलिनले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने योजनाका साथ युक्रेनका तर्फबाट मंगलबार राति ड्रोन आक्रमण भएको क्रेमलिनले दाबी गरेको छ ।

क्रेमलिनका अनुसार आक्रमणमा राष्ट्रपति पुटिनलाई भने कुनै क्षति भएको छैन । रुसले यो आक्रमणलाई आतंकवादी आक्रमण भन्दै जवाफी कारबाही गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

९ मेमा रुसमा भिक्ट्री डे परेड हुँदैछ । सो परेड अगाडि यो आक्रमण भएको हो । तर, क्रेमलिनले भिक्ट्री परेड नरोकिने जनाएको छ ।

रुस र युक्रेनबीच गत वर्षदेखि नै युद्ध जारी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?