Logo

भ्रम फैलाउनेको अनुसन्धान गर्दै आयोग

                     
Logo 2023-04-23 11:04     Desk

13

उपनिर्वाचनको दिन सामाजिक सञ्जालमा भ्रम छर्ने खालका गतिविधि भएपछि निर्वाचन आयोगले अनुसन्धान सुरु गरेको छ । अफवाह फैलाउने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने आयुक्त रामप्रसाद भण्डारीले बताए ।

'भ्रम शृजना कसले गरेको हो । सत्य तथ्य बुझिरहेका छौँ', उनले भने, 'आचारसंहिता विपरीत गतिविधि गरेको पाइएमा कारबाही गर्छौं ।'

सरकारी कर्मचारीले समेत चुनावको विषयमा सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्ने र मत माग्ने जस्ता गतिविधि गरेको पाइएको छ । कर्मचारीमाथी पनि आयोगले निगरानी बढाएको छ ।

'आचारसंहिता विपरीत गतिविधि गर्ने कर्मचारीलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका छौँ', आयुक्त भण्डारीले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?