Logo

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः योगेश भट्टराई

                     
Logo 2023-05-09 04:05     Desk

13

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताकामाथिको छलफलमा भाग लिँदै उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए ।

उनले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गरे । उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चितप्रायः रहेको बताए ।

सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्न सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको बताए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?