Logo

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

                     
Logo 2023-04-06 05:04     Desk

13

उपचुनावका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले शुक्रबारदेखि चुनाव सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । तनहुँ १, चितवन २ र बारा २ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।

उपचुनावका लागि उम्मेदवारी मनोनयन भई उम्मेदवारको नामावलीसमेत सार्वजनिक भइसकेको छ । आयोगले आचारसंहिता लागू हुने क्षेत्र र व्यक्तिबारे जानकारी दिएको छ ।

सरकारका मन्त्रीदेखि वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारसम्मलाई आचारसंहिता लागू हुने जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?