Logo

राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

                     
Logo 2023-02-27 11:02     Desk

13

२५ फागुनमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवारी दिएका दुवै जना उम्मेदवारविरुद्ध कुनै उजुरी परेन । १३ फागुनमा आठ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवाश नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रपति चुनाव निर्वाचन अधिकृतको कार्यालयले १४ फागुनका लागि लागि उम्मेदवारविरुद्ध उजुरी दिन पाउने कार्यतालिका सार्वजनिक गरेको भए पनि कुनै उजुरी नपरेको जनाएको छ ।  कुनै उजुरी नपरेकाले दुवै जनाको उम्मेदवारी कायम रहेको छ ।

राष्ट्रपतिमा संघीय सांसद र प्रदेश सांसदले मतदान गर्छन् । निर्वाचन आयोगले १० फागुनमै मतदाता नामावली प्रकाशित गरिसकेको छ । सबै मतदाताले काठमाडौंस्थित संसद भवनमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?