Logo

विराटनगरः पूर्वमन्त्री पण्डीतले महेन्द्र मोरङ क्याम्पसबाट गरे मतदान

                     
Logo 2022-05-13 11:05     Desk

13

विराटनगर, ३० वैशाख । पूर्वमन्त्री लालबाबु पण्डितले मतदान गरेका छन् । उनले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

विहान मतदान सुरु भएको केही समयपछि पण्डितले मतदान गरेका हुन् ।

त्यस्तै विराटनगर महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदको उम्मेदवार उमेश यादवले विराटनगर १४ स्नातकोत्तर क्याम्पस विज्ञान भवन ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?