Logo

आज बाट एमाले केन्द्रीय कार्यालय च्यासलमा

                     
Logo 2022-04-22 12:04     Desk

13

नेकपा (एमाले)को केन्द्रीय कार्यालयको आजबाट ललितपुरकाे च्यासल बाट संचालन हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुने,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।

त्यस्तै आज एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्दैछ।


लोकप्रिय छुटाउनुभयो कि ?