Logo

जिम्बावे ‘ए’ बिरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

                     
Logo 2022-04-22 12:04     Desk

13

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’विरुद्ध एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने नेपाली टोलिको घोषणा गरेको छ।

क्यानले शुक्रबार दुई सिरिजका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज बैशाखमा हुनेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेल खेल्नेछ । सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । नेपाली टोलि सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला


लोकप्रिय छुटाउनुभयो कि ?