Logo

सरकारद्वारा राष्ट्रियसभामा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

                     
Logo 2020-09-17 11:09     Hamro Biratnagar

13

विराटनगर, असोज १

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय गरेको सरकारले मनोनयनका लागि राष्ट्रपतिसमक्ष हिजो बुधबार प्रधानमन्त्री कार्यालयमार्फत सिफारिस गरेको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सम्भवत: बिहीबार नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्नेछिन् । राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्षबाट गौतमले शपथ ग्रहण गर्नेछन् ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सोमबार नै मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारेमा केही जानकारी दिएका थिएनन् ।

राष्ट्रियसभा सदस्यका रुपमा डा. युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त रहेको पदमा गौतमलाई मनोनयन गर्ने सहमतिबमोजिम सरकारले उनको नाम सिफारिस गरेको हो ।

राष्ट्रियसभामा तीनजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?