Logo

असाेज १ अर्थात् बुढी पोल्ने पर्व

                     
Logo 2020-09-17 03:09     अभिमन्यु अभिजित

13

विराटनगर । असोज १

बुढी पोल्ने पर्व सुन्दा अचम्म लाग्दो हो तर हरेक वर्ष असोज संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा यो पर्व धुमधाम संग मनाइन्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले पृतना राक्षसनीलाई मारेको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । सोही सम्झनामा साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने चलन छ ।

यसरी जलाएको खरानीको टिका गाईबस्तुलाई लगाउदा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेकोले गाईवस्तुलाई खरानीको टिका लगाइन्छ ।

यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने चलन छ ।


लोकप्रिय छुटाउनुभयो कि ?