Logo

बिहीबार देशभर कुन जिल्लामा कति संक्रमित?

                     
Logo 2020-09-03 05:09     Hamro Biratnagar

13

विराटनगर । भदाै १८

नेपालमा बिहीबार एकैदिन ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याे तथ्यांक अहिलेसम्मकै उच्च हाे ।

यससँगै देशभर संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरका ४६, भक्तपुरका ४२, उदयपुरका २, ओखढुङगाका ७, झापाका १२, तेह्रथुमका २, धनकुटाका ३, मोरङका ४६, संखुवासभाका ६, सुनसरीका २७, धनुषाका ६४, पर्साका ६५, बाराका ७१, महोत्तरीका २०, रौतहटका २९, सप्तरीका १, सर्लाहीका १०९, काभ्रेका ७, चितवनका ५६ जना छन् ।

त्यस्तै दाेलखाका ५, धादिङका ३, नुवाकोटका ४, मकवानपुरका २२, रामेछापका १, सिन्धुपाल्चोकका ३, कास्कीका ३१, गोर्खाका ५, तनहुँका ३, नवलपरासीपुर्वका ६, लमजुङका ९, बागलुङका १, कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्युठानका २, वर्दियाका ५, बाँकेका ८, रुपन्देहीका ५२, कालिकोटका २, जाजरकोटका १, दैलेखका ६, सल्यानका २, सुर्खेतका ७, अछामका ६, कञ्चनपुरका ३, कैलालीका १५, डोटीका ४, दार्चुलाका २, बझाङका १० तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म ६ हजार ७४९ जना क्वारेन्टीनमा बसिरहेका छन्।

गत २४ घन्टामा ९१७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २४ हजार २०७ पुगेको छ।

देशभर १४१ जना आइसियुमा छन् भने १७ जना भेन्टिलेटरमा छन्।

गत २४ घन्टामा १३ हजार ४१३ वटा पीसीआर परीक्षण भएको छ।

सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमणमुक्त रहेका छन्। यस्तै मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

https://youtu.be/exOyEG-NueE


लोकप्रिय छुटाउनुभयो कि ?