Logo

बिहीबार एकैदिन उपत्यकामा ४४५ कोरोना संक्रमित

                     
Logo 2020-09-03 05:09     Hamro Biratnagar

13

विराटनगर । भदाै १८

गत २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डौमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन् ।

बितेकाे २४ घण्टामा देशैभर एक हजार दुई सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।

केही दिनयता काठमाण्डौ उपत्यकासहित कोरोना सङ्क्रमणको उच्च जोखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा पनि लम्ब्याएर भदौ २४ गतेसम्म पुर्‍याइएको छ ।

https://youtu.be/exOyEG-NueE


लोकप्रिय छुटाउनुभयो कि ?