Logo

मोरङका डिग बहादुर लिम्बु बने मन्त्री

                     
Logo 2023-05-03 05:05     Hamro Biratnagar

13

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि नै प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् ।

कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बू शेखर-गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् । कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?