Logo

त्रिविको स्नातक तहको परीक्षा स्थगित

                     
Logo 2023-04-20 08:04     Desk

13

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैशाख १० गते हुन लागेको उपनिर्वाचनका दिन परेको स्नातक तह प्रथम वर्षको दुई विषयको परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रणको कार्यालयबाट जारी सूचनामा बारा २, तनहुँ १ र चितवन २ मा हुन लागेको संसदीय निर्वाचनका दिन परेको परीक्षा सार्न निर्वाचन आयोग, गृहमन्त्रालय तथा शिक्षा मन्त्रालयबाट पनि अनुरोध आएको भन्दै त्यस दिन हुने परीक्षा वैशाख १६ गतेका लागि सारेको उल्लेख गरिएको छ । त्रिविकाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

त्यस दिन स्नातक तह प्रथम वर्षअन्तर्गत व्यवस्थापनतर्फ फाइनान्सियल एकाउन्ट एण्ड एनलाइसिस/एकाउन्टिङ फर फाइनान्सियल एनलाइसिस र मानविकी संकायतर्फ अंग्रेजी/नेपाली/नेपाल भाषा/मैथिली/संस्कृत भाषाको परीक्षा सारिएको परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?