Logo

खेलौना ठानेर बम खेलाउँदा अफगानिस्तानमा दुई बालबालिकाको मृत्यु

                     
Logo 2023-04-11 01:04     Desk

13

देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्रसँग खेल्दा दुई बालबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाको मृत्यु भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।

दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ । गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विष्फोट हुँदा एक बालकको मृत्यु भएको थियो । सो घटनामा अर्का एकजना घाइते भएका थिए ।

चार दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?