Logo

धनकुटा महोत्सवमा भागदौड मच्चिदा गम्भिर घाईते भएका २ बालकको विराटनगरस्थित गोल्डेन र १६ जनाको बीपीमा उपचार

                     
Logo 2023-01-29 08:01     Desk

13

विराटनगर । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ । घाइते मध्ये धनकुटा–५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर छ ।

उनीहरूको गोल्डे अस्पताल विराटनगरमा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए । १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

महोत्सवमा किचिएर घाइते भएका ३२ जनालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि रिफर भएका १६ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले बताएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?